देश

‘आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्छ’

काठमाडौं, फागुन १६–अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताएका हुन् ।

उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए । उनले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिए । मुलुकमा वित्तीय संघीयता लागु भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गरे ।