देश

धनगढीको खाना महोत्सवमा फाँडो आकर्षण

धनगढी, फागुन १६–होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग छन् । सुदूरपश्चिमका मौलिक परिकारको स्वाद चाख्न नपाएकाहरु फरक स्वाद लिन पाउँदा दंग भएका हुन् ।

बिहीबारदेखि धनगढीको खुलामञ्चमा जारी खाना महोत्सवमा ग्राहकहरुले फरक स्वादका मौलिक परिकार खाईरहेको होटल व्यवसायी संघका सचिव आभेष चन्दले बताए । यसक्षेत्रका भन्दा पनि देशका अन्य भागबाट आएका र विश्वका विभिन्न देशबाट आएका साहित्यकार अझ बढी मौलिक स्वादमा रमाईरहेको उनले बताए । सँगै विश्व नेपाली साहित्य महोत्सव चलिरहँदा त्यसमा सहभागी हुन आएका साहित्यकार र अन्य मानिसहरुले फाँडोलाई निकै मन पराईरहेका छन् ।