देश

प्लान क्वारेन्टाइनलाई व्यवस्थित बनाउन समितिको निर्देशन

काठमाडौं, फागुन १६–संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्लान क्वारेन्टाइनको प्रावधानलाई बलियो बनाई किसानहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो । पछिल्लो समय क्वारेन्टाइन नभएका वस्तुहरु आयात गर्न दवाव बढ्न थालेपछि समितिले मन्त्रालयलाई क्वारेन्टाइनमा कडाई गर्न निर्देशन दिएको हो ।