विदेश

ग्रीनल्याण्डमा एक दिनमै ११ सय करोड टन बरफ पग्लियो

बेलायत, एजेन्सी, साउन १८-उत्तरी एट्लान्टिक महासागरस्थित ग्रीनल्याण्डमा मे महिनाको बिहीबार सबैभन्दा गर्मी दिन थियो। त्यसले गर्दा मात्र एक दिनमा १ हजार १ सय करोड टन बरफ पग्लियो। बरफ पग्लीएर बनेको पानी ४० लाख ओलम्पिक पोखरीको बराबरको रहेको वैज्ञानिकले बताएका छन्। यसले एक महिनामा समुद्रको पानीको सतह ०.१ मिलीमीटर वा ०.०२ इन्च बढ्ने आशंका गरिएको छ।

डेनिस मेट्रोलोजीकल इष्टीच्युटको जलवायु वैज्ञानिक रुथ मोट्रामका अनुसार ग्रीनल्याण्डमा सामान्यतः गर्मीको समयमा बरफको तह पग्लिने गर्छ। यस प्रक्रियामा मे महिनाको अन्तिम दिनमा सुरु भएको यसपटक मे महिनाको पहिलो सातादेखि पग्लन सुरु गरेको थियो। पछिल्लो चार महिनादेखि लगातार बरफ पग्लिरहेको छ।

सन् १९५० पछि यो वर्ष सबैभन्दा बढी बरफ पग्लियो

मात्र जुलाई महिनामा १९ हजार ७०० करोड टन बरफको सतह पग्लिएको थियो जुन आठ करोड ओलम्पिक सुमिङ पुल बराबरको हो । यसैगरी यो वर्ष ६ देखि ७ हजार करोड टन बरफ पग्लने सम्भावना रहेको अनुमान गरिएको छ। पछिल्लो साता तातो हावा आर्टिक सतहसम्म पुगेको थियो। वैज्ञानिकले भनेको छन् कि सन् १९५० पछि ग्रिनल्याण्डमा यो वर्ष सबैभन्दा बढी बरफको सहत पग्लिएको थियो।

जुलाई महिना सबैभन्दा बढी गर्मी भयो : वैज्ञानिक

वैज्ञानिकका अनुसार विश्वभर अहिलेसम्म गरिएको आँकडा अनुसार जुलाई महिना सबैभन्दा गर्मी रहेको थियो। अमेरिकी पत्रकार लाउरी गरेटले ट्वीटरमा एक भिडीयो सेयर गर्दै लेखेका छन्, ‘ग्रीनल्याण्ड कागरलुसियाक पुलको तलतिर हिमनदी पग्लीरहेको छ, यहाँ २२ डिग्री सेल्सियस तापक्रम रहेको छ। बिहीबारको एक घण्टामा १२ करोड टन बरफ पग्लेको थियो।’

Featured