देश

लुटपाटमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर,साउन १८-चाँगुनारायण नगरपालिका-२ दुवाकोट हनुमन्ते पुलमा २०७५ असोज २४ गते नगद २ लाख रुपैयाँ र मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा नरेफाँटमा तिमिल्सिनालाई फेला पारी पक्राउ गरेको हो। उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल र मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।