देश

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

काठमाडौं, फागुन १३–प्रहरीले १ थान रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंको बूढानीलकण्ठकी कमला तामाङ छन् ।

उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कपनबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको महाशाखामा प्रमुख एसएपी सहकुल थापाले जानकारी दिए ।