देश

श्रममन्त्री यादव मौरिसस जाँदै

काठमाडौं, फागुन १३–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव नेतृत्वको टोली आज मौरिसस जाने भएको छ । नेपाल र मौरिससबीच कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौता भए पनि कार्यान्वयन भएको छैन । श्रम सम्झौता भए पनि कामदार पठाउन नसकेको विषयमा छलफल र जतिसक्दो श्रमिक पठाउन पहल गर्ने श्रममन्त्री यादवले जानकारी दिए ।

नेपाल र मौरिससबीच गत वर्ष श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, प्रक्रिया टुंगिएको छैन । यही विषयमा छलफल गर्ने श्रम मन्त्रीको मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । सरकारले रोजगारगन्तव्य देशसँग श्रम सम्झौता गरेर मात्र नहुने श्रम मन्त्री यादवले बताएका छन् । श्रम सम्झौता भएका देशमा कामदार पठाउन पहलसहित छलफल गर्ने मन्त्री यादवले बताए ।

श्रम सम्झौता गरेका देशमा कामदार लिनका लागि श्रम मन्त्रालयले आग्रह गरिरहेको उनको भनाइ छ । मौरिससमा मन्त्री यादवले प्रधानमन्त्री, श्रममन्त्री र कानुनी मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ ।