मनोरंजन विदेश

अमिताभ बच्चनले आधा रातमा ट्विट गर्दा हंगामा !

एजेन्सी, फागुन १३–बलिउडका महानायक अभिताभ बच्चनले अधिकांश समय ट्विटरमा आफ्नो व्यक्तिगत विषयमा जानकारी दिने गर्छन्, परिवारको तस्वीर र भावुक सन्देश पनि सेयर गर्छन् । खासगरी बाबु हरिवंश राय बच्चनको यादमा उनले भावुक भएर उनले कविता पनि सेयर गरेका छन् । उनी आफ्नो स्वास्थ्यप्रति निकै सचेत मानिन्छन् । तर उनले रातको ३ बजे गरेको ट्विटका कारण उनका प्रशंसकहरूले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

उनले इन्स्टाग्राम र ट्विटरमा एक फोटो सार्वजनिक गरे, जसमा उनले स्टाइलिस चस्मा लगाएका छन् । जसमा उनले लेखेका छन्, ‘यार, यो चश्मालाई फेसन कसले बनायो ? जसले बनायो, सही बनायो । आँखाको चारैतिर जुन गडबड अर्थात् उमेरको दोष छ, त्यसलाई यसले मेटाइदिन्छ ।’ उनको यो ट्विटका कारण धेरैले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरे । जसमा एक जनाले प्रतिक्रिया दिएका छन्, ‘उमेर त तपाईंका लागि नम्बर मात्र हो ।’

अर्को एक जनाले ‘सर सुत्नु भएको छैन’ भनेका छन् भने अर्को एक जनाले ‘आफ्नो स्वास्थ्यमा ध्यान दिन’ आग्रह गरेका छन् । यसअघि पनि अमिताभले आँखासँग जोडिएको खबरका कारण प्रशंसकहरू चिन्तामा पारेका थिए ।

Featured