देश

प्रधानमन्त्रीले बाँस्कोटा अडियो प्रकरणमा जवाफ नदिए सदन अवरोध गर्ने

काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी (राजपा) ले सुरक्षण मुद्रण खरिद प्रकरणमा ७० करोडको कमिसन प्रकरणमा जोडिएका तत्कालीन संचार मन्त्री बाँस्कोटाको विषयमा बोल्न नपाए सदन अवरोध गर्ने भएका छन् ।

एक स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोडको बार्गे्निङ गरेको अडियो बिहीबार सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको राजीनामाको माग गर्दै बिहीबार नै राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । बाँस्कोटाले पदबाट राजीनामा दिए पनि त्यस विषयमा बाँस्कोटालाई कारबाही गर्ने र प्रधानमन्त्रीले सदनमा सो विषयमा जानकारी दिनु पर्ने कांग्रेसको माग छ ।

सोमबार विपक्षी दलहरु कांग्रेस, समाजवादी र राजपाका शीर्ष नेताबीच भएको सहमतिअनुसार ७० करोडको कमिसन प्रकरणका विषयमा तीन दलका १र१ जनालाई बोल्न दिन सदन अबरोध नहुने भएको छ ।