NRNA खबर

NRNA १२ औं युरोपेली क्षेत्रीय बैठक सुरु

ईटाली (रोम), साउन १८। गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ। उक्त बैठक अगष्ट ३ र ४ तारिख अर्थात् साउन १८ र १९ गते हुने छ।

नेपाल सरकारका कानून मन्त्रि भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाको विशिष्ट आतिथ्यतमा उक्त बैठक सुरु भएको हो । बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको छ।

बैठकले नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कार्यक्रम सार्वजनिक गर्ने छ। बैठकमा यूरोपमा रहेका गैरआवासीय नेपालीहरुले भोग्नु परेको समस्याक बारेमा पनि छलफल हुने जानकारी छ।

Featured