दोलखा, साउन १८-दोलखा पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका छन् भने तीन व्यक्ति बेपत्ता भएका छन्।
प्रहरीका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका-१ जुँगुका विभिन्न स्थानमा शुक्रबार राति पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका हुन्।
घटनास्थल जाँदै गरेका दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मानबहादुर राईले शनिबार बिहान पौने ११ बजे घटनामा तीन जना व्यक्ति बेपत्ता भएको बताएका छन्।
घटनामा स्थानीय १९ वर्षीय निशान खड्का, ५५ वर्षीय जगतबहादुर खड्का र अर्का एक व्यक्ति बेपत्ता भएका हुन्।
‘एक जनाको नाम खुल्न बाँकी छ,’ डीएसपी राईले टेलिफोनमा,‘आइडेन्टिफान गर्दै छौं भनेका छन्।’
पहिराले १४/१५ वटा घर भत्काएको डीएसपी राईको भनाइ छ।
शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए। यसै क्रममा उनीहरु सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएकाे छ।
आफूहरू अहिले उद्धार र राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको डीएसपी राईले जानकारी दिए।
पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन्।
अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस