देश

काठमाडौँमा मेलम्ची खानेपानी पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु

काठमाडौं, साउन १७-बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ।

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो।  महानगरीय प्रहरीले उनीहरूको मृत्यु भएको पुष्टि गरे।  ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ

प्रहरीका अनुसार पाइप भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।