NRNA खबर देश

एनआरएन युके विवादमा, स्थापना दिवस संस्थापकले नै बहिस्कार गर्ने

लण्डन, फागुन ५–गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनयुके) आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरि अर्को बिबादको भूमरीमा फँसेको छ। एनआरएनको जन्मस्थल युकेमा एनआरएनले आफ्नो स्थापना दिवस अक्टोबर महिनामा मनाउदै आएकोमा युकेमा भने मार्चमा मनाउने भन्ने कार्यक्रम बिबादास्पद बनेको छ ।

गत सेप्टेम्बरमा सम्पन्न चुनाबमा व्यापक धाधली, अनियमितता र एक पक्षको बहिस्कारकाबीच नेतृत्व गरिरहेकी अध्यक्ष पुनम गुरुङलाई स्थापनाकालदेखि नै बिबादास्पद केहि व्यक्तिहरुका कारण झन् विवादास्पद बनाएको छ । आगामी ५ मार्चमा एनआरएन युकेको १५ औं स्थापना दिवस मनाउन रामशरण सिम्खडालाई संयोजक तोकेपछि विवाद बढेको हो । संस्थापकहरुलेनै सो कार्यक्रममा सहभागी हुन नैतिकताको आधारमा नमिल्ने बताएका छन । सिम्खडा एनआरएन आइसीसी सदस्य पनि हुन् ।