देश

ऐतिहासिक सम्पदा असन कोथुननि (घडी घर) बचाउन नयाँ चरणको आन्दोलनको घोषणा

काठमाडौं, साउन १६-ऐतिहासिक सम्पदा असन कोथुननि (घडी घर) बचाउन नयाँ चरणको आन्दोलनको घोषणा गरिने भएको छ।

असन कोथुननि बचाउ अभियान समितिका अध्यक्ष नमस्ते सायमीले गुठी संस्थानले शान्तिपूर्ण चरणबन्द गरेको आन्दोलनको सुनवाई नगरेपछि नयाँ चरणको आन्दोलन घोषणा गर्ने बताएका छन।

गुठी संस्थानले कोथुननि भत्काएर व्यापारिक कम्पलेक्स बनाउने निर्णय गरेपछि स्थानीय, सम्पदा अभियान्ता, सरोकारबालाहरु एकजुट भई संघर्ष घोषणा गरेपछि संस्थान पछि हटेको थियो।

तर गुठी संस्थान व्यपारिक कम्पलेक्स बनाउने निर्णयमा अझै अडिगनै देखिएपछि अब कडा आन्दोलनको घोषणाको तयारीमा रहेको समितिका अध्यक्ष सायमीले बताए।

समितिले पछिल्लो समय कोथुननि बचाउन तथा ठमेलको छायाँदेवी कम्पलेक्स विरुद्ध उपत्यकाव्यापी हस्ताक्षर अभियान संचालन गरिरहेको छ।

सो अभियानको समापन तथा आगामी संघर्षको घोषणा कार्यक्रम यही साउन १७ गते शुक्रवार अपरान्ह ४ बजे असनमा बृहत सभाको अयोजना गरिएको छ।

सो सभालाई सभासदहरु बसन्त मानन्धर, भीमसेनदास प्रधान, रामवीर मानन्धर तथा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले सम्बोधन गर्ने कार्यक्रम रहेको सायमीले जनकारी दिए।

सायमीले १४ परिवार बसोवास गर्दे आएको ऐतिहासिक कोथुननि एक जिवन्त सम्पदा भएकोले यस विरुद्ध हुने गतिविधिहरु स्थानीयलाई सहय नहुने भएकोले गुठी संस्थान समयै सच्चिनु पर्ने बताए।

यस अघि पनि असनमा बृहत बिरोध सभाको आयोजना गरिएको थियो।