देश

नेपाल एयरलाइन्सले जापानको नारितामा चार्टर्ड उडान गर्न पाउने

काठमाडौं,साउन १६-नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ। यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो। सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ।

ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ। किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो।

निगमले आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिएका छन्। निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि अनुमति पाएको छैन।

Featured