देश मनोरंजन

बन्ने भयो शिवहरीको ‘लक्का जवान’

नेपाली सिने जगतका हास्यकलाकार शिवहरी पौडेलको निर्देशनमा ‘लक्का जवान’ बन्ने ओपचारिक घोषणा भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच उक्त सिनेमाको घोषणा गरिएको हो ।

शिवहरी पौडेलले सिनेमाको सुटिङ असोजबाट सुरू हुने जानकारी कार्यक्रममा दिइएको छ।

सिनेमामा निर्देशक पौडेल स्वयंले मूख्य भूमिकामा अभिनय गर्नेछन्। सिनेमामा उनका अलावा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय हुनेछ।

सिनेमाको कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन्।