देश

परदेशमा आफ्नैले लुटे

काठमाडौं, फागुन ३–भारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन् । सँगै रहेका एक नेपालीले चियामा नशालु पदार्थ हालेर खुवाइ बेहोस बनाएर भारु ४५ हजार रुपैयाँ र एउटा मोबाइल सेट लुटी लगेका हुन् ।

बुधबार बिहान कर्णप्रयागबाट हिँडेका उनीहरू साँझ हरिद्वार पुगेका थिए । त्यहाँ दाङ घर बताउने अर्का नेपाली भेटिएका थिए । ‘रुपैडिया आउने बस छुटिसकेकाले तीनैजना बनबासाकै बसमा चढ्यौं,’ केशरले भने, ‘कुराकानी हुँदा उनी हाम्रो नजिक भएका थिए ।’ खाना खाने ठाउँमा उनैले चिया पिउन कर गरे । ‘चिया पिएर हामी सँगै बसमा बस्यौं, बस चलेपछि होस हरायो,’ उनले भने, ‘पैसा र मोबाइल सबै लगेर गयो ।’ आफूसँग भएको ५ हजार र बुबासँग भएको ४० हजार सबै लगेको केशरले बताए । कान्तिपुरबाट

Featured