खेलकुद विदेश

डर्टमण्ड चढ्यो बुन्डेसलिगाको दोस्रो स्थानमा

काठमाडौं, फागुन ३–फ्रेङफर्टलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै बोरुसिया डर्टमण्ड बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा फ्रेन्कफर्टलाई पराजित गर्न जाडोन साञ्चोले, हालाण्ड, लुकाज पिज्जाक र राफेल गुरेरोले १–१ गोल गरे । २३औं मिनेटमा लुकाज पिज्जाक, ४९ औ मिनेटमा साञ्चो, ५४औं मिनेटमा हालाण्ड र ७४औं मिनेटमा राफेलले गोल गरेका थिए ।

सबै प्रतियोगिता गरी साञ्चोले पछिल्ला १४ खेलमा १२ गोल गरेका छन् । नर्वेका फरवार्ड हालाण्डले पछिल्ला ६ खेलमा ९ गोल गरेका छन् । उनले सुरुवाती ५ लिग खेलमा ८ गोल गरेका थिए । फ्रेङफर्टमाथि जित निकालेसँगै डर्टमण्ड ४२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको फ्रेङफर्ट २८ अंकसहित नवौं स्थानमा छ । ४३ अंकसहित बार्यन म्युनिख तालिकाको शीर्ष स्थानमा छ ।

Featured