देश

सुदूरपश्चिम प्रदेशसभाबाट निजी व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक पारित

धनगढी, फागुन २सुदूरपश्चिम प्रदेशमा निजी व्यवसाय दर्ता गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट पारित भएको छ । आजको प्रदेशसभा बैठकमा समितिबाट आएको प्रतिवेदनमाथि छलफल गरी विधेयक पारित भएको हो ।

विधेयकमा गलत विवरण पेस गरी व्यवसाय गर्ने व्यवसायीलाई उन्मुक्ति दिने विषयको नियमन र सहुलियतका विषयमा सहजता प्रदान गर्नुपर्ने विषयमा सांसदहरू एकमत भएका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ल्याएको विधेयक शुक्रबारको प्रदेशसभा बैठकले पारित गरेको हो ।