देश राजनीति

अभिलेखमै रुमल्लियो नेकपाको एमसीसी अध्ययन कार्यदल

काठमाडौं, फागुन २–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको शुक्रबार बसेको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको छ । कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताए । उनले समितिले तथ्यको आधारमा छलफल गरेको र छलफलका विषयहरु अभिलेख गर्ने निर्णय भएको बताए ।

रावलले एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय गरिएको बताए । नेकपाभित्रै एमसीसीका विषयमा तिव्र आलोचना भएपछि नेकपा केन्द्रीय समितिको बैठकले एमसीसीका विषयमा अध्ययन समिति गठनको मागको गरेको थियो । केन्द्रीय सदस्यहरुको माग अनुसार गठन भएको समितिले १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएपनि समितिले भने अझै समयको माग गरेको छ ।

Featured