देश

श्रम कार्यालय पोखराबाट आइतबार र सोमबार श्रम स्वीकृति नदिइने

काठमाडौं, फागुन २–श्रम तथा रोजगार कार्यालय पोखराबाट जारी हुँदै आएको पुनस् श्रम स्वीकृति दिने कार्य आगामी आइतबार र सोमबार बन्द हुने भएको छ । श्रम कार्यालय पोखराले शुक्रबार एक सूचना जारी गर्दै भाषा अनुवादक विशेष कारणले बिदामा बस्नुपर्ने भएकाले ४ र ५ फागुन अरेबियन भाषामा भिसा हुने देशहरूका लागि पुनस् श्रम स्वीकृति दिन नसकिने जनाएको छ । साउदी, कुवेत, ओमान, कतार, बहराइनजस्ता अरेबियन भाषा हुने देशहरूका लागि श्रम स्वीकृति नहुने कार्यालयले जनाएको छ ।

Featured