देश

जीपको ठक्करबाट साँगा प्रहरी चौकीका इन्चार्जको मृत्यु

काठमाडौं, फागुन २–जीपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) तेजबहादुर गुरुङको मृत्यु भएको छ । काभ्रेको बनेपामा बा.१९च १३२३ नम्बरको जीपले गुरुङलाई ठक्कर दिएको थियो । भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

जीपचालक भत्तपुरका ३१ वर्षीय विक्रमजाकी बन्जारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी साँगामा कार्यरत असई गुरुङ चौकी इन्चार्ज हुन् ।