देश

आज विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

काठमाडौं, साउन १६-नेपाल राष्ट्र बैंकले बिहिबार  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७  पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकेको छ। यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ। आज  यूएई दिर्हाम १ को २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ। बहराइन दिनार १ को २९१ रुपैयाँ २५  पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ।

यस्तै बिहिबार कुवेती दिनार १ को खरिददर ३६०  रुपैयाँ २५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३  पैसा तोकिएको छ।

Featured