देश

चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेण्टाइनसम्म लैजान ’डेमो’

काठमाडौं, फागुन २–चीनबाट नेपाल फर्काइएका विद्यार्थीलाई क्वारेण्टाइनसम्म र्पुयाउनका लागि आज विमानस्थलमा डेमो गरिएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आएपछि प्रयोग हुने विमानस्थलका बस, स्वास्थ्यकर्मी, कर्मचारीलाई विद्यार्थीहरुलाई सुरक्षित ठाउँसम्म लैजानका लागि विमानस्थलमा ‘डेमो’ गरिएको हो ।

४ फागुन आइतबार चीनबाट विद्यार्थी लिएर विमान अवतरण गर्ने बताइएको छ । उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण पछि भक्तपुरको क्वारेण्टाइनमा राखिनेछ ।