देश

आत्मनिर्भर बनाउन दुनाटपरी बनाउने तालीम

सुर्खेत, फागुन २–स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ ले दुनाटपरी बनाउने तालीम दिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले दुना टपरी बनाउने तालीम दिएको हो ।

नगरपालिका–८ नम्बर वडा कार्यालय, एभरेष्ट क्लब दैलेखको समन्वय तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आर्थिक सहयोगमा दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्रक (सेवक) दैलेखले आयोजनामा महिला तथा पुरूष गरेर करिब १५ जनालाई ५ दिने तालीम दिएको छ ।

गत २६ माघदेखि संचालन भएको तालीममा गाउँघरका वन जंगलहरूमा खेर गएका स्रोत साधनहरूको सही सदुपयोग गर्न सकिन्छ भन्ने कुराको ज्ञान दिएको वडा नम्बर ८ का वडा अध्यक्ष वीरबहादुर शाहीले बताए ।

Featured