देश

जेल चलान भएका मल्ल बिरामीको नाटक गरेर ४० दिनदेखि अस्पतालमा

काठमाडौं, फागुन २–काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेका पृथ्वी मल्ल करिब डेढ महिनादेखि उपचारका नाममा बिरामी नभएपनि अस्पतालमा छन् । उनलाई जिल्ला अदालत काठमाडौंले २३ पुसमा सवारी दुर्घटना मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

तर, जेल चलान गरेकै दिन डिल्लीबजार कारागारमा पुगेलगत्तै बेहोस भएर ढलेको नाटक गरेपछि डिल्लीबजार कारागारले मल्ललाई वीर अस्पताल पठाएको थियो । वीर अस्पतालबाट वसुन्धराको चिरायु अस्पताल रिफर गरिएका मल्ल २३ पुसदेखि सोही अस्पतालमा भर्ना भएर बसेका छन् । डिल्लीबजार कारागारले भने उनमा रोगको कुनै लक्षणसमेत नरहेको दाबी गरेको छ ।