देश

‘५० करोडभन्दा बढी लागतका योजना प्रदेश गौरवका आयोजना’

बुटवल, फागुन २–प्रदेश–५ सरकारले ५० करोड रूपैयाँभन्दा बढी लागतका योजनाहरू प्रदेश गौरवका आयोजनामा समावेश गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्दै गौरवको आयोजनाको मापदण्डअनुसार न्यूनतम ५० करोडभन्दा बढीको लागतमा निर्माण हुने आयोजना गौरवका आयोजनाहरू हुनेछन् ।

मापदण्ड जनसंख्याको हिसाबले तराई, पहाड र हिमालमा फरकफरक जनता लाभान्वित हुने गरी बनाइएको छ । तराई ५० हजारभन्दा बढी, ग्रामीण क्षेत्रमा २५ हजारभन्दा बढी र दुर्गम एवं पिछडिएका क्षेत्रमा १० हजारभन्दा बढी जनता योजनाबाट लाभान्वित हुने मापदण्डमा उल्लेख छ ।