देश

प्रधानमन्त्री ओलीले शनिबार संसदलाई सम्बोधन गर्ने

काठमाडौं, फागुन २–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संसदलाई सम्बोधन गर्ने भएका छन् । सरकारले दुई वर्ष गरेका कामबारे ओलीले संसदलाई जानकारी गराउने भएका हुन् ।

प्रधानमन्त्रीले शुक्रबार नै संसदलाई सम्बोधन गर्ने कार्यतालिका थियो । तर, राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएपछि प्रधानमन्त्रीको सम्बोधन शनिबारका लागि सारिएको हो । संसद् सचिवालयका अनुसार ओलीले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नेछन् ।