देश

५ लाख रुपैयाँबराबरको आलु बरामद

वीरगञ्ज, फागुन २भारतबाट अवैधरुपमा नेपालतर्फ ४ ट्रयाक्टरमा ल्याइरहेको करिब ५ लाख रुपैयाँ बराबर २ सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले आज बिहान पक्राउ गरेको छ । ना ६ त ६३४९, ना ५ त ९४२८, ना ४ त २५०४ र ना ५ त ८०८६ नंको ट्रयाक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए ।

उनले भारतबाट अवैध रूपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्रयाक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए । बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् । बरामद गरिएको आलु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ । रासस

Featured