देश

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल

पोखरा, फागुन १–भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताइन् । उनले २ सय ६४ विगाह सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।

सहकारी विभागद्वारा आज आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ विगाह फिर्ताको अन्तिम तयारीमा रहेको र ४ सय ६७ विगाह जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढेको बताइन् । उनले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Featured