देश

पोखरामा भएको सवारी दुर्घटनामा १ को मृत्यु

पोखरा, फागुन १–पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ५, जिरो किमीमा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको हो । ग१ज ४०९७ नम्बरको ट्याक्सी र ग१०प २५५५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा– ६, खहरे बस्ने पदमसिंह दडालको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका दडालको उपचारका क्रममा मृत्यु भएको हो । काभ्रे घर भई हाल पोखराको न्यूरोडमा बस्ने २४ वर्षीय मोटरसाइकलका चालक आशिष भुजेल घाइते भएका छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।