देश

हप्ता दिनमै भित्रियो डेढ करोडको गुलाब

काठमाडौं, फागुन १–प्रणय दिवसको अवसरमा नेपालमा १ सातामा मात्रै १ करोड ६० लाख रुपैयाँ बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको जनाएको छ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने हुँदा बढी आयात हुने गरेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो ६ महीनामा १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ ।