देश विदेश

कुवेतमा बालुवा र ग्राभल खस्दा ४ नेपालीको मृत्यु

काठमाडौ, फागुन १–कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थल बालुवा र ग्राभल खस्दा सो ठाउँमा कार्यरत चार नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेको अन्तराष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुको परिचय भने खुलाइएको छैन । ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको जनाइएको छ ।

Featured