देश मनोरंजन

प्रेम दिवसमा ‘लभ डायरीज’

पोखरा, फागुन १–प्रेम दिवसको अवसर पारेर चलचित्र लभ डायरीज प्रदर्शनमा आउने भएको छ । प्रचारप्रसारको क्रममा पोखरा आइपुगेको चलचित्रको निर्माण टोलीले फेब्रुअरी १४ देखि प्रदर्शनको तयारी भइरहेको जनाएको हो । चलचित्रको कथावस्तु रोमान्स, प्रेम र विछोडको कथामा आधारित रहेको नायक सुशील श्रेष्ठले बताए ।

उनले भने, ‘प्रेम एकअर्कालाई बुझ्ने माध्यम हो । आशा छ। यस चलचित्रलाई दर्शकको माया प्राप्त हुनेछ ।’ श्रेष्ठले सायद–२, बादशाह, कारखाना, जुट लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।चलचित्रकी डेब्यु नायिका थापाले प्रेम दिवसको अवसरमा चलचित्र प्रदर्शन हुने भएकाले प्रेमजोडीलाई लभ डायरीज हेर्न आग्रह गरेकी छन् ।

‘चलचित्र सकारात्मक रहेको छ । परिवारसँगै बसेर हेर्न सकिन्छ,’ उनले भनिन् । सौरभ चौधरीले चलचित्रको निर्देशन हुन् । चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत तथा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । चलचित्रको गीत र ट्रेलर यसअघि नै रिलिज भइसकेको छ ।