देश राजनीति

विप्लव नेतृत्वको विद्यार्थी संगठनका अध्यक्ष ढकाल पक्राउ

काठमाडौं, फागुन १–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटाबाट पक्राउ गरेको हो ।

ढकालसँगै अन्य ३ जना पनि पक्राउ परेका छन् । माओवादी सशस्त्र विद्रोह भएको २४ वर्ष पुगेका दिन ढकालसहति अन्य ३ जना पक्राउ परेका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।