विदेश

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो

एजेन्सी, फागुन १–फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खुद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्डबापत भुक्तानी गर्नुपरेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए ४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो ।

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा विमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक विमान बिक्री गर्ने योजना बनाएको छ । एयरबसले विमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानविन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ।

Featured