खेलकुद विदेश

डीजोनको पोस्टमा पीएसजीको आधा दर्जन गोल, दुई गोल उपहार

एजेन्सी, फागुन १–पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डिजोनलाई ६–१ ले पराजित गर्दै पीएसजीले अन्तिम चारमा स्थान बनाएको हो ।

सबै प्रतियोगितामा गरेर पीएसजी पछिल्ला २२ खेलमा अपराजित रहेको छ । अवे मैदानमा भएको खेलमा पीएसजीका लागि साराबियाले दुई तथा केलियन एमबाप्पे र थिएगो सिल्भाले एक–एक गोल गरे । पीएसजीले दुई गोल उपहारमा पाएको हो ।

डिजोनका लाउतोआले खेलको पहिलो मिनेटमै तथा कोउलिबालीले ८६ औं मिनेटमा आत्मघाती गोल गरे । गएराति नै भएको खेलमा मार्सेलीलाई १–० ले पराजित गर्दै लियोन पनि अन्तिम चारमा पुगेको छ।

Featured