देश

प्रदेश–२ को नामकरणमा सहमति जुटाउन दलहरु सक्रिय

जनकपुर, फागुन १–जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् । सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो ।

अरु प्रदेशहरु नमाकरण गरिरहेको बेला प्रदेश–२ छबी खराब भइरहेको चर्चाकाबीच स्थायी राजधानीझैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज राय यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसले आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिको नयाँ विकल्प प्रस्तुत गरेका छन् । समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी–मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन् ।

Featured