विदेश सूचना/ प्रबिधि

हुवावेको आम्दानीमा २३ प्रतिशतले वृद्धि, अमेरिकी प्रतिबन्धको कुनै प्रभाव परेन

काठमाडौं, साउन १५-अमेरिकी प्रतिबन्धको बाबजुत पनि चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। अमेरिकाले लगाएको प्रतिबन्धले  हुवावेलाई विश्व बजारमा कुनै प्रभाव परेको छैन। मंगलबार सार्वजनिक भएको एक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले बृदि भएको हो।

यही वर्षदेखि त्रैमासिक आर्थिक विवरण सार्वजनिक गर्न थालेको हुवावेका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा कम्पनीले ४ खर्ब १ अर्ब ३० करोड युआन अर्थात् ५८ अर्ब २८ करोड अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ। सन् २०१८ को पहिलो अर्धवार्षिकमा हुवावेले ३ खर्ब २५ अर्ब ७० करोड आम्दानी गरेको थियो। त्यस्तै यो वर्षको प्रथम अर्धवार्षिकमा हुवावेका ११ करोड ८० लाख गोटा स्मार्टफोन बिक्री भएका छन्। जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी  हो।

गत मे महिनामा  अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेसँगै हुवावेको आपूर्ति श्रृंखलामा उल्लेख्य रुपमा अवरोध आएको थियो। चीनले हुवावेका उपकरणलाई अन्य देशको जासुसीका लागि प्रयोग गरिरहेको हुनसक्ने र जसले गर्दा आफ्नो राष्ट्रिय सुरक्षामा खतरा हुने गरेको आरोप अमेरिकाले लगाउने गरेकोभएपनि हुवावेले यस्तो आरोप द्विकारेको छैन।

Featured