खेलकुद देश

समृद्धिले जित्यो टेक्सस–धन्यन्तरी फुटसलको उपाधि

काठमाडौं, माघ २९–समृद्धिले टेक्सस–धन्यन्तरी कप अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई हराउँदै उपाधि जितेको हो । निर्धा्रित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा समृद्धि ३–२ गोल अन्तरले विजयी भएको हो ।

टाइब्रेकरमा समृद्धिका आयुश घलान, दीपेश श्रेष्ठ र चन्दन दासले गोल गरे । केब्स ‘ए’ बाट राज थोकर तामाङ र मुस्कान तामाङले मात्र गोल गर्न सके । निर्धा्रित समयको १९ सेकेन्डमै राज थोकर तामाङको गोलबाट केब्स ‘ए’ ले अग्रता लिएको थियो। खेलको छैटौं मिनेटमा समृद्धिका दीपेश श्रेष्ठले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए ।

उपाधिसँगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारेका छन् । तेश्रो भएको पशुपति बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँ पायो । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वा्धिक गोलकर्ता बने ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य एवं एन्फा फुटसल कमिटीका संयोजक दावा लामा, टेक्ससका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, टेक्सस स्कुलका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । प्रतियोगितामा १९ छात्र टिम सहभागी थिए ।

Featured