देश राजनीति

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त, ४ बजे सपथ हुने

काठमाडौं, साउन १५-प्रतिनिधि सभाका माननीय सांसद एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य योगेश भट्टराई  संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन्।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भट्टराईको राष्ट्रपति कार्यालय शीतल निवासमा  ४ बजे सपथ हुने तय भएको छ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैंले सम्हाल्दै आएका थिए।