देश

मलेसिया र खाडीका जेलमा ५ सय ४५ नेपाली श्रमिक, २५ मृत्युदण्ड कुर्दै

काठमाडौं, माघ २८–नेपालका मुख्य रोजगारदाता देशमा ५ सय ४५ नेपाली श्रमिक विभिन्न अभियोगमा जेलमा रहेका छन् । तीमध्ये २५ जना नेपाली श्रमिकले रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय पाउने वैदेशिक रोजगार बोर्ड सचिवालयले जानकारी दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये ५ सय २६ पुरुष र १९ महिला जेलमा रहेको बोर्ड सचिवालयले बताएको छ ।

जेलका रहेकामध्ये २५ जनालाई सम्बन्धित देशका अदालतले मृत्युदण्डको फैसला गरेको बोर्ड सचिवालयले जनाएको छ । २ सय ६ जनालाई विभिन्न अवधिको कैद सजाय तोकिएको छ । जेलमै भए पनि २ सय ९४ जनाको भने सजाय सुनाउन बाँकी रहेको बोर्डले जानकारी दिएको छ । विभिन्न आरोपमा मृत्यु दण्डको सजाय सुनाइएकाहरूका लागि नेपाल सरकारबाट कुनै पहल नभएको उनीहरूको आरोप छ ।

Featured