NRNA खबर देश विदेश

अस्तित्वमा नरहेको कम्पनीमा कामदार नपठाउन एआरएनए घानाको आग्रह

काठमाडौं, माघ २८–नेपालको एक मेनपावर कम्पनीले १२ जना नेपालीलाई अस्तित्वमै नरहेको तेल कम्पनीमा काम लगाउने भन्दै घाना पठाउन लागेको खुलेको छ । एनआरएनए घानाले एक विज्ञप्ति जारी गर्दै सनराइज ह्युमन रिसोर्स नामक मेनपावर कम्पनीले अक्रोमेट ओइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना पठाउन लागेको जानकारी आएकोले तत्काल रोक्न माग गरेको छ ।

संघले मेनपावर कम्पनीले पठाउन लागेको तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दाबी गरेको छ । एनआएरएनए घानाले आइतबार उनीहरुलाई ल्फाइ दुबइ र इमिरेट्सबाट घाना ल्याएर अलपत्र पारिन लागेको खबर प्राप्त भएको भन्दै सजक रहन सूचित गरेको छ । सोही कम्पनीले यसअघि पनि घाना पठाएका दुई नेपाली अलपत्र परेको र एनआरएनए घानाले उद्धार गरी घर फर्काउने प्रयास गरिएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘दलाल मेनपावरको दुस्चक्रमा फस्दै गरेका ती १२ जना नेपालीहरुलाई रोक्न र सम्बन्धित मेनपावर कम्पनीमाथि थप अनुसन्धान र कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ । साथै घानामा अलपत्र परिरहेका यी दुई नेपालीलाई घर फिर्ताका लागि समन्वय गर्नसमेत नेपाल सरकारलाई अनुरोध छ ।’

Featured