विदेश सूचना/ प्रबिधि

सूर्यको रहस्य पत्ता लगाउन अघि बढ्यो ‘सोलार अर्विटर’

एजेन्सी, माघ २८–चन्द्रमापछि अब वैज्ञानिकले सूर्यको रहस्यबाट पर्दा उठाउन एक कदम अघि बढाएका छन् । यस कदमको पहिलो प्रयासस्वरुप सोलार अर्विटर पठाइएको छ । जो सूर्यसम्म पुग्न करिब ७ वर्षमा करिब ४ करोड १८ लाख किलोमिटर यात्रा गर्नेछ । यसलाई यो दूरी पार गर्न करिब सात वर्षको समय लाग्नेछ ।

‘युनाइटेड लन्च बी’ को सहायताले यस अर्वीटरलाई सोमबार बिहान करिब ८ बजेर ३३ मिनेटमा फ्लोरिडाको केप केनेवरल स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो । यस अर्विटरबाट वैज्ञानिकले सूर्यको रहस्यबाट पर्दा उठाउन धेरै मद्दत मिल्ने अपेक्षा गरेका छन् । यस मिसनमा अमेरिकी स्पेस एजेन्सी नासा र युरोपियन स्पेस एजेन्सी इसा संयुक्त रुपमा काम गरिरहेका छन् । यस मिसनलाई लिएर दुवै एजेन्सीले कैयौं ट्वीट पनि गरेका छन् ।

Featured