मनोरंजन विदेश

कोरियन चलचित्र ‘प्यारासाइट’ले रच्यो इतिहास

काठमाडौं, माघ २६–कोरियन भाषाको फिल्म ‘प्यारासाइट’ले बेस्ट फिचर फिल्मका लागि सन् २०२० को ओस्कार अवार्ड जितेर इतिहास रचेको छ । विदेशी भाषाको फिल्मले पहिलो पटक बेस्ट फिचर फिल्मको पुरस्कार जितेको हो । ‘प्यारासाइट’ले ओरिजिनल स्क्रीनप्लेको ओस्कार पनि पायो । पुरस्कारको घोषणापछि फिल्मका निर्देशक बोंग जून–होले भने, ‘म निःशब्द छु ।’

वाकिन फिनिक्सले कमेडी फिल्मका लागि बेस्ट एक्टर अवार्ड जिते भने बेस्ट एक्ट्रिसमा रेने जेनवेगरले फिल्म जुडीका लागि पाइन् । बेस्ट इन्टरनेसन फिचर फिल्मको इतिहास प्यारासाइटको नाममा गएको छ । चलचित्रको सबैभन्दा ठूलो सम्मान मानिने यो अवार्डमा अभिनेता ब्रेड पिटले फिल्म ‘वन्स अपन अ टाइम’मा बेस्ट सपोर्टिङ एक्टरको टाइटल जिते । यस्तै, म्यारिज स्टोरीका लागि लारा डर्नलाई बेस्ट सपोर्टिङ एक्ट्रिसको अवार्ड प्रदान गरियो ।

‘टोय स्टोरी ४’ ले बेस्ट एनिमेटेड फिचर फिल्मको पुरस्कार जितेको छ । एनिमेटेड शर्ट फिल्म क्याटेगोरीमा ‘हेयर लव’ले बाजरी मार्याे । यसैगरी, अडाप्टेड स्क्रीनप्लेको अवार्ड ‘जोर्जो याबिट’ले जित्यो भने डकुमेन्ट्री फितर क्याटेगोरीको ओस्कार ‘अमेरिकन फ्याक्ट्री’ को नाममा गयो ।

Featured