खेलकुद विदेश

बीसीसीआईद्वारा पृथ्वी श ८ महिनाका लागि निलम्बन

मुम्बई, साउन १५-भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले युवा ब्याट्सम्यान पृथ्वी शलाई ८ महिनाका लागि निलम्बन गरेको छ।

बीसीसीआईले प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको जनाएको छ। बीसीसीआईले मंगलबार एक बिज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो। कफ सिरपमा पाइने एक प्रतिबन्धित पदार्थ सेवन गरेको भन्दै बिसिसिआईले उनलाई निलम्बित गरेको हो। श ले प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन्।

सन् २०१९ को फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शले आफ्नो नमुना परिक्षण गरेका थिए। जसमा प्रतिबन्धित पदार्थ टर्बुटालाइन अंश भेटिएको थियो।

शले समेत आफुमाथि लागेको आरोपको स्विकार गरेका छन्। तर उनले आफुले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन्। बीसीसीआईले शको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो।

Featured