देश राजनीति

संसद बैठक अवरुद्ध : प्रतिपक्षको आज पनि नारावाजी

काठमाडौं, साउन १५-प्रतिपक्षी दलका सांसदहरुको अवरुद्धका कारण आज पनि प्रतिनिधि सभाको बैठकलाई स्थगित भएको छ।

निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका हुन्।उनीहरुले संसदमा नारावाजी समेत गरेका छन्।

सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’ जस्ता चर्का नारा  लगाएका छन्।

सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन्।

यसअघि गत सोमबारको बैठक पनि प्रतिपक्षको नारावाजीका  कारण अवरुद्ध भएको थियो।

Featured