देश राजनीति सूचना/ प्रबिधि

प्रदेश २ का सवै सांसदले ल्यापटप पाउने

जनकपुर, माघ २२–महिनौँदेखि संसदको कारबाही ठप्प भएका कारण प्रदेश २ का सांसदहरूको चारैतिर आलोचना भइरहेको छ । तर, प्रदेश २ का सांसदहरू एउटा अर्को कुरोले निकै उत्साहित देखिएका छन् । प्रदेश २ का सबै सांसदहरूले अब ल्यापटप पाउने भएका छन् । प्रदेश २ को प्रदेशसभालाई कागजविहीन बनाउनका लागि यो योजना ल्याइएको हो ।

त्यसका लागि सबै सांसदहरूको ल्यापटप आइसकेको जनाइएको छ । प्रदेशसभाको वार्षिकोत्सवको अवसरमा सांसदहरूलाई केही दिनभित्रै प्रदेश सरकारले ल्यापटप दिने भएको छ । यसअघि केन्द्रीय सरकारले समेत संघीय सांसदहरूलाई ल्यापटप वितरण गरिसकेको छ । प्रदेश २ मा पनि केही दिनभित्रै सबैलाई ल्यापटप वितरण गरिने सभामुख सरोजकुमार यादवले बताए ।