मनोरंजन विदेश

बियर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ मा नरेन्द्र मोदी देखिने

दिल्ली, साउन १४-बियर ग्रिल्स विश्वको चर्चित टिभी सेरिज ‘म्यान भर्सेस वाइल्ड’ को नयाँ इपिसोडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन्।

बियर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रममा आफु जंगलमा एक्लै फसे कसरी बाँच्ने भनेर सिकाउँछन्।नरेन्द्र मोदी बियर ग्रिल्ससँगै ‘म्यान भर्सेस वाइल्ड’को नयाँ इपिसोडमा देखिने भएका हुन्।

मोदी समावेश बियर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रम आगामी अगष्ट १२ तारिखमा डिस्कोभरी च्यानलमा प्रसारण हुनेछ। उक्त कार्यक्रममा टिजर पनि सार्वजनिक भएको छ। जहाँ मोदी र बियर ग्रिल्ससँगै जंगलको बाटो हिँडेको देख्न सकिन्छ।

Featured