देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस

काठमाडौँ, साउन १४-नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६८  पैसा र बिक्रीदर ११० रुपैयाँ २८ पैसा तोकेको छ। यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ४० पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा तोकिएको छ। आज  यूएई दिर्हाम १ को २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा छ। बहराइन दिनार १ को २९० रुपैयाँ ९२ पैसा र बिक्रीदर २९२ रुपैयाँ ५१ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ।

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३६०  रुपैयाँ १८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १५  पैसा तोकिएको छ।